मकवानपुरका सञ्चारकर्मी मनोहर ढकाललाई लुटपाट गर्ने क्रममा धकेल्दा ठोक्कीएर मृत्यु भएको आरोपीको बयान 

छहारी संवाददाता
माघ ५, २०७५

मकवानपुरका पत्रकार मनोहर ढकालको हत्यामा संलग्न आरोपीत दुईजना र मोवाईल र सुन खरिद गर्ने अरु दुईजनालाई प्रहरीले पक्राउ गरेर आज सार्बजनिक गरेको छ ।

हेटौंडा ११ नबलपुर निवासी संचारकर्मी एबम शिक्षक मनोहर ढकालको हत्यामा संलग्नलाई आज प्रहरीले सार्बजनिक गरेको हो ।

हेटौंडा १ भैरबडाँडाको जंगलमा हत्यामा संलग्न हुनेमा हेटौंडा ११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का १८ बर्षीय प्रविण वाईवा रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताउनुभयो । 

प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दश दिन सम्मको लामो अनुसंधानपछी हत्यामा संलग्नलाई पक्राउ गरेको हो ।

ढकालको हत्या गरेर बिक्री गर्न ल्याएको मोवाईल खरिद गर्ने व्यवसायी भीमफेदी गाउँपालिका ६ का ३१ बर्षीय दिनेश थापा र सुनको औंठी खरिद गर्ने सुन व्यवसायी हेटौंडा २ का नारायणबहादुर सुनारलाई समेत प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा घटनाका मूख्य अभियुक्त पुडासैनीले आफुले ढकाललाई कुटपीट गर्दै धकेलेर हत्या गरेको स्विकारेका छन् । मनोहर ढकालको हत्यारा पक्रिाउ गर्नका लागि प्रहरीले एक ५० जनालाई बोलाएर अनुसंधान गरेर दुईजनालाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक मधुकुमार थापाले बताउनुभयो । ढकालको हत्यारा पक्राउ गर्नका लागि प्रहरीले कुकुरको प्रयोग समेत गरेको थियो ।

हत्यामा संलग्नलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्ग कसुर गरेको हुँदा जन्म कैद समेत हुनसक्ने ब्याबस्था छ । ढकालको पुस २५ गते साँझको समयमा भैरबडाडाको जंगलमा हत्या भएको हो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*