दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात
आज बिहानदेखि देशका विभिन्न भागमा हल्का हिउँदे वर्षा सुरु भएको छ ।
पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो । उच्च हिमाली भूभागमा हिमपात पनि भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
कँडेलका अनुसार आज साँझसम्मै पूर्वी नेपालको आकाशमा बादल हुनेछ ।
यसैबीच मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । विहान दामन सिमभन्ज्याङमा हिमपात भएको स्थानियले बताएका छन् ।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपलिकाको दामन क्षेत्रमा प्रत्येक वर्षए हिमपात हुने गरेको छ । यस्तै चन्द्रागिरीसहित काठमाडौं आसपासका फूलचोकी डाडामा पनि हिउँ परिरहेको बताइएको छ ।