मेक्सिकोको सीमामा पर्खाल बनाउन बजेट नमिलेसम्म कुनै विधेयकमा हस्ताक्षर गर्दिनः ट्रम्प

छहारी संवाददाता
पुस २१, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षौंसम्म सरकारी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।

डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उहाँले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल बनाउन राष्ट्रिय आपतकालको घोषणा समेत गर्न सक्ने बताएका छन् । 

ट्रम्पले पर्खाल बनाउन बजेट नमिलेसम्म कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने समेत बताए । ट्रम्पले वर्षौंसम्म बन्द काम बन्द गर्न पनि आफू तयार रहेको चेतावनी दिएका हुन् ।

मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न ट्रम्पले संसदमा माग गरेको बजेट विवादका कारण अमेरिकामा सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको दुई हप्ताभन्दा बढी भैसकेको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*