ए डिभिजन लिगको १३ औं चरणको खेल तालिका परिवर्तन

छहारी संवाददाता
पुस २१, २०७५

शहीद स्मारक ए डिभिजन लिग फुटबलको १३ औं चरणको तालिका परिवर्तन भएको छ ।

शनिबारदेखि सुरु हुने खेल यसअघि नै सार्वजनिक भएको तालिका अनुसार सञ्चालन हुने भए पनि अन्तिम दिनको खेलको तालिका परिमार्जन गरिएको हो ।

शनिबार दुवै खेल एपीएफ मैदान हलचोकमा हुनेछन् । पहिलो खेलमा बिहान ११ बजे जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भिड्ने छन् । यसैगरी दिउँसो साढे २ बजे  सरस्वती युवा क्लब र नेपाल पुलिस भिड्ने छन् ।

आइतबार साढे २ बजे  थ्रीस्टार र हिमालयन शेर्पा सातदोबाटोमा भिड्दा त्यसै समयमा त्रिभुवन आर्मी र मछिन्द्र क्लब एपीएफ मैदानमा आमने सामने हुने छन् ।

सोमबार भने एउटा मात्रै खेल हुने भएको छ । जसमा संकटा र एपीएफ सातदोबाटोमा खेल्ने छन् ।

त्यस्तै मंगलाबार अन्तिम दिन मनाङ मर्स्याङ्दी फुटबल क्लब र फ्रेण्ड्स क्लब  हलचोकमा दिउँसो २ बजे खेल्ने छन् । त्यसै दिन लिगको पुरस्कार वितरण गर्ने कार्यक्रम पनि सातदोबाटोमा राखिएको एन्फाले जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*