३ नम्बर प्रदेश बिपद कोष व्यबस्थापन सञ्चालन कार्यविधि संशोधन सहित पारित, 

छहारी संवाददाता
पुस २०, २०७५

३ नम्बर प्रदेश बिपदकोष व्यबस्थापन सञ्चालन कार्यविधि २०७५ संशोधन सहित पास भएको छ ।

प्रदेश विपद व्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले संसोधन सहित कार्यविधि पास गरेको हो । 

बैठकले प्राकितिक प्रकोपबाट मृत्यू भएका परिवारलाई क्षतिपूर्ति तथा अन्य धनजन क्षति भएकाहरुलाई राहत सहयोग समेत उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले पिडित परीवारलाई सरकारले अवस्था हेरेर सहयोग गर्ने बताउनुभयो । ३ तहको सरकारबाट नै सहयोग उपलब्ध हुने भएकोले नदोहोरीने गरी राहत उपलब्ध हुने उहाँको भनाई थियो ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*