ग्याँस पड्किएर घाइते भएकालाई उपचार खर्च दिन क्युपेक नेपालको माग
ग्याँस पड्किएर घाइते भएकालाई उपचार खर्च नदिएको भन्दै आज मजदुरहरुको संगठन क्युपेक नेपालले हेटौँडाको बसामाडीमा रहेको साहारा ग्याँस उद्योगमा धर्ना दिएको छ ।
गत पुस ९ गते हेटौँडा उपमहानगरपालिका ४ कर्रामा साहारा ग्याँस पड्किएर एकजनाको मृत्यु भएको छ भने श्रीमती र बच्चा गम्भिर घाईते भएका छन् ।
साहारा ग्यास लिक भएर पड्कदा गम्भिर घाईते भएका राम लामा तथा उनकी श्रीमती सुमित्रा भोम्जन तथा बालक निशान लामा गम्भिर घाईते भएका थिए । तर उपचारको क्रममा श्रीमान राम लामाको मृत्यु भएको छ भने श्रीमती र बच्चाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।
लामाको मृत्यु पछि पनि साहारा ग्यास कम्पनीले क्षतिपुर्ति तथा उपचार गराइरहेकी रामकी श्रीमती र बच्चाका लागि कुनै खर्च नदिएको भन्दै आज क्युपेक नेपालले साहारा ग्याँस उद्योगमा धर्ना दिएको हो ।
लामा दम्पती तथा बालकलाई उपचारको लागि भरतपुर पठाईएकोमा त्याहा पनि उपचार नभएपछि काठमाण्डौँको किर्तिपुर अस्पतालमा उपचारको लागि पठाईएको हो ।