पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा ४१ जनाले ज्यान गुमाएः मकवानपुर प्रहरी

छहारी संवाददाता
पुस १९, २०७५

पछिल्लो एक वर्षमा मकवानपुरमा सवारी दुर्घटनामा परि ४१ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार गत वर्षको पुस महिनाबाट हालसम्म ४१ जनाले सवारी दुर्घटनाको कारण ज्यान गुमाएका हुन् । गत वर्षको पुस महिनामा सवारी दुर्घटनामा परि २ जनाले ज्यान गुमाएका थिए । 

माघ महिनामा ३ जना, फागुनमा ४ जना, चैत्रमा ७ जनाले ज्यान गुमाएका थिए । २०७५ सालको सुरुको महिना अर्थात बैशाखमा ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउँदा जेठमा ३ जना तथा असारमा ५ जनाले ज्यान गुमाएका थिए ।

त्यसैगरी श्रावणमा १, भदौमा १, असोजमा ३, कार्तिकमा ४ तथा मंसिरमा ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।

पछिल्लो समय मकवानपुरमा सवारीको संख्या बढनु, बजारीकरण बढनु तर सडक भने साँघुरो भएको कारण पनि सवारी दुर्घटनाहरु बढेको प्रहरीको भनाई रहेको छ । प्रदेशको राजधानीको रुपमा रहेको हेटौँडा उपमहानगरपालिकामा सवारी चाप दिनानुदिन बढदै जाँदा यहा दैनिकजसो सवारी दुर्घटना हुने गरेको प्रहरीको भनाई रहेको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*