प्रदेश ३ मा प्रबिधिको क्षेत्रमा काम गर्न तयारः उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री नेपाल

छहारी संवाददाता
पुस १९, २०७५

उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री अरुण नेपालले आफ्नो मन्त्रालय ३ नम्बर प्रदेशमा बिज्ञान र प्रबिधीको क्षेत्रमा काम गर्न तयार रहेको बताउनु भएको छ ।

३ नंम्बर प्रदेश सरकार र नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय काठमाण्डौको आयोजनामा बिज्ञान, प्रबिधि तथा नब परिबर्तन निति २०७५ को मस्यौदा सम्बन्धी अन्तरकृया कार्यक्रमको आज हेटौंडामा उध्घाटन् गर्दै उहाँले यस्तो  बताउनु भएको हो । 

प्रदेश सरकार भर्खरै निर्माण भएकाले यसका आफ्ना अप्ठ्याराहरु भएपनि प्रबिधिको क्षेत्रमा काम गरेर देखाउन आफुहरु तयार रहेको बताउनुभयो ।

परिबर्तन गर्न आफैबाट लाग्ने बताउँदै उहाँले जिम्मेवारीका साथ काम गर्न तयार रहको बताउनुभयो । अबको समयमा बिज्ञान र प्रबिधिलाई बिकाशसंग जोडेर काम गर्ने बेला आएको उहाँको भनाई छ । 

उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिब शिबप्रसाद वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा बिज्ञान प्रबिधि मन्त्रालयका कर्मचारीहरु, प्रदेशका बिभीन्न मन्त्रालयका कर्मचारीहरु, शिक्षा क्षेत्रका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*