भुकम्प पछिको पुननिर्माणमा मकवानपुरमा मात्र ७ अर्ब ४३ करोड रुपैयाँ खर्च

छहारी संवाददाता
पुस १९, २०७५

मकवानपुरमा मात्र पुननिर्माणको क्षेत्रमा ७ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको पाइएको छ ।

भुकम्प गएगछी पुन निर्माणको क्षेत्रमा मात्र यो रकम खर्च भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई मकवानपुरले आज मकवानपुरका संचारकर्मीहरुसंग गरेको अन्तरकृयमा यस्तो जानकारी दिएको हो । 

२०७२ सालको भुकम्पले भत्कीएका निजी आवासमा मात्र हाल सम्ममा पुननिर्माणका लागि ५ अर्ब ५ करोड १३ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई मकवानपुरका प्रमुख सोमराज तिमल्सीनाले बताउनुभयो ।

यसैगरी भत्कीएका बिद्यालय निर्माणको क्षेत्रमा भने २ अर्ब ३८ करोड १ लाख रुपैयाँ खर्च गरिएको पुननिर्माण प्राधिकरण शिक्षा इृकाईका प्रमुख प्रेम केसीले बताउनुभयो । 

मकवानपुरमा हाल सम्म कुल ९० हजार ९ सय ९४ घरमा सर्बेक्षण गरिएको छ । त्यस मध्य पहिचान भएका पुर्ण रुपमा घर क्षेति भएका लाभग्राहीहरु भने ३३ हजार ९ सय ७४ परिवार रहेको पाइएको छ । जिल्लामा भुकम्पको क्षेतिपछी ११ हजार ७५ वटा घरहरु मात्र सरकारी स्तरबाट रकम लिएर घर निर्माण भएको जिल्ला कार्यान्वयन ईकाईका प्रमुृख तिमल्सीनाले बताउनुभयो । 

भुकम्पपछी घर भत्कीएका लाभग्राही परिवार मध्य ११ हजार ८ सय ५३ परिवारले मात्र तेस्रो किस्ता रकम बुझेका छन् भने १८ हजार ९ सय ५ जनाले मात्र दोस्रो किस्ता रकम लिएर घर निर्माण गरिरहेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*