अण्डर–१५ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानद्धारा भारत २–१ गोलले पराजित 

छहारी संवाददाता
कार्तिक १०, २०७५

यू–१५ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ ।

समूह बीमा रहेको पाकिस्तानले पहिलो खेलमा भारतलाई २–१ ले पराजित गरेको पाकिस्तानले शनिबार भएको दोस्रो खेलमा भूटानमाथि ४–० को जित निकालेको हो । पाकिस्तानले सबै गोल पहिलो हाफमा मात्रै गरेको हो ।

२० औं मिनेटमा मुदासर नजरले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यसैगरी इफ्तिखर अहमदले २३ औं मिनेटमा गोल गर्दै पाकिस्तानको अग्रता दोब्बर पारे । त्यसैगरी एक पक्षीय खेलमा २९औं मिनेटमा पाकिस्तानले तेस्रो गोल गरेको थियो । यो गोल  मोइन अहमदको थियो । 

यसैगरी ४२औं मिनेटमा मोइन अहमदले व्यक्तिगत दोस्रो तथा पाकिस्तानका  लागि चौथो गोल गरे । दोस्रो हाफमा थप गोल नभएपछि पाकिस्तानले भूटानमाथि ४–० को फराकिलो जित निकाल्न सफल भयो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*