पाकिस्तानी सैन्य अदालतद्धारा हिंसात्मक गतिविधि संलग्न १४ जनालाई मृत्युदण्डको फैसला
पाकिस्तानी सैनिक अदालतले पाकिस्तानमा समय समयमा हिंसात्मक गतिविधि गरिरहेका १४ जनालाई आतङ्ककारीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
उनीहरुका क्रियाकलाप आतङ्ककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै ती १४ जनाका विरुद्ध सैनिक अदालतमा सुनुवाई भएको थियो ।
आज इस्लामावादस्थित सैनिक अदालतले यस्तो आदेश दिएको हो । उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतङ्ककारी सजाय कानुनअनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ ।
सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सैनिक प्रमुख जर्नेल क्वामार जाभेद बाजवाले जानकारी दिनुभएको हो ।