सन् २०२२ को युथ ओलम्पिक आयोजना गर्ने जिम्मा सेनेगललाई
सन् २०२२ को युथ ओलम्पिक गेम्सको आयोजनाको जिम्मा सेनेगलले पाएको छ ।
सोमबार राति अन्तराष्ट्रिय ओलम्पिक कमिटीले सेनेगललाई युथ ओलम्पिक आयोजनाको जिम्मा दिएको हो ।
सेनेगलका तीन वटा शहरमा हुने प्रतियोगिता पहिलो पटक अफ्रिकी देशले आयोजना गर्न लागेको हो । अर्जे्न्टिनामा जारी युथ ओलम्पिकमा सहभागि आइओसीका प्रतिनिधीले सेनेगलको पक्षमा हात खडा गरेपनि उसले यो अवसर पाएको हो ।
यो प्रतियोगिता आयोजनाका लागि चार वटा अफ्रिकी देशले विडिङ गरेका थिए । जसमा बोटवाना, टयुनिसीया, नाइजेरीया र सेनेगल थिए । तर अन्तिममा सेनेगलले यो मौका पाएको छ ।
अब सेनेगलले राजधानी डाकारसहित डाइमिनीडियो र सालेमा यो प्रतियोगिता गर्नेछ । सेनेगलका राष्ट्रपतिले यो प्रतियोगिता आयोजना गर्नपाउनु देशका लागि गर्वको विषय रहेको बताएका छन् ।