श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी

छहारी संवाददाता
साउन १७, २०७५

श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । यो जितसँगै पाँच एकदिवसीय श्रृङ्खलामा अफ्रिकाले २–० को अग्रता पनि लिएको छ । 

बुधबार राति टस जिति पहिला ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य अफ्रिकाले ४२.५ ओभरमा मात्र ६ विकेट गुमाएर भेट्टायो । 

दक्षिण अफ्रिकालाई जिताउन क्वीनटन डी कक ८७, फापडु प्लेसीस ४९ र हासिम आमलाले ४३ रन बनाएका थिए । श्रीलंकाका अकिला धनन्जयले ३ विकेट लिए ।

श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो । उसका कप्तान एंगेलो म्याथ्युजले आउट नभई ७९ रन बनाउँदा निरोशन डिकवेलाले ६९ रन बनाएका थिए । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*