डिस्कोमा गएर होहल्ला गर्ने राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीसँग स्पष्टीकरण माग

छहारी संवाददाता
साउन १५, २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीसँग स्पष्टीकरण मागेको छ । 

मादक पदार्थ सेवन गरि डिस्कोमा होहल्ला गरेको पाइएपछि एन्फाले उनीहरुसँग स्पष्टीकरण मागेको हो । 

आज बसेको एन्फाको बैठकले अन्जन विष्ट, विमल घर्ति मगर, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पालाई ७२ घण्टा भित्र लिखित स्पष्टीकरण दिन माग गरेको छ ।

उनीहरु एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका थिए । 

यस्तै, होस्टलमा रहेका उनीहरु डिस्कोमा पुगेर मादक पदार्थ सेवन गरेको विषयमा टोलीका व्यवस्थापक बाबुकाजी बस्नेत, होस्टेल वार्डेन टक्कर थापा र सेक्युरिटीगार्डसँग समेत लिखित जवाफ मागेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*