डा केसीको समर्थनमा चिकित्सकहरुले पनि सुरु गरे सामुहिक ‘अनसन’

छहारी संवाददाता
साउन ८, २०७५

२५ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्का आवासीय चिकित्सकहरुले सामुहिक अनसन सुरु गरेका छन् ।उनीहरुले बिहान १० बजेदेखि डा. केसी अनसनरत रहेको भवन अगाडि अनसन सुरु गरेका छन् ।अनसनमा अस्पतालका कार्यरत झण्डै १५० आवासीय चिकित्सकहरुको सहभागिता रहेको छ ।

अनसन अघि आवासीय चिकित्सकहरु सरकारको विरोधमा मुखमा पट्टी बाधेर त्रिवि शिक्षण अस्पताल परिसरमै र्‍यालीसमेत निकालेका थिए ।डा. केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले इमजेन्सी तथा आइसीयु सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बहिष्कार गरेका थिए ।उनीहरुले मंगलबार विहानै चिकित्साशास्त्र अध्ययन संस्थान -आईओएम)का डीन कार्यालय अगाडि धर्ना दिनुका साथै प्रर्दशनसमेत गरेका थिए ।आफूहरुका मागप्रति सरकार उदासीन रहेको भन्दै आवासीय चिकित्सकले आन्दोलनलाई थप कडा बनाउँदै लैजाने बताउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*