कानुनमन्त्री तामाङलाई राजिनामा दिन दबाब

छहारी संवाददाता
साउन ८, २०७५

 बंगलादेशमा एमबीबीएस पढ्ने छात्राहरुबारे दिएको अभिव्यक्तिबाट विवादमा तानिएका कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन दबाब बढेको छ ।आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टीले राजीनामा दिन निर्देशन दिएपछि तामाङले आज दिउँसो पत्रकार सम्मेलन बोलाएका छन्  सम्भवतः सोही पत्रकार सम्मेलनमा उनले राजीनामा घोषणा गर्नसक्ने बताइएको छ ।मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भइरहेको छ ।नेपालमा मेडिकल कलेज खोल्नुपर्छ भन्ने मत पुष्टि गर्न उनले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिंफिकेट पाउन अस्मिता बेच्न बाध्य हुनुपर्ने गरेको दावी गरेका थिए ।

सर्वत्र आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेपनि आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्या उजागर गरेको तर्क गरेका थिए ।

डा. गोविन्द केसीको अनशनप्रति नकारात्मक भएपछि आलोचित बनेको सरकार मन्त्री तामाङको अभिव्यक्तिले झन् अप्ठ्यारोमा परेको छ ।

गएराति नै प्रधानमन्त्री केपी ओलीसहितका नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएको दावी गरिएको छ । 
sources-imagekhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*