गुल्मीमा झण्डै ५ हजार सवारी साधन कारवाहीमा, २९ लाख राजश्व उठ्यो

दुर्घटना घटे पनि मृत्युदर बढी
छहारी संवाददाता
साउन ८, २०७५

गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ मा सवारीमाथि गरिएको ट्राफिक कारवाहीबाट २८ लाख ९३ हजार ५ सय राजश्व संकलन भएको छ । कारबाहीमा परेका ४ हजार ८ सय २ सवारी साधनबाट यो रकम संकलन भएको हो ।

नियमविपरीत सवारी चलाउनेहरुबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय, गुल्मीका हल्दार देवीप्रसाद पौडेलले जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालय गुल्मीका अनुसार, गत आर्थिक वर्षमा ४ सय ५४ वटा ट्रक, ४ सय ५४ वटा बस, १ हजार ३ सय २७ वटा जिप कार कारवाहीमा परेका छन् । त्यस्तै २ सय ८६ वटा ट्याक्टर, २ हजार २ सय ८१ वटा मोटरसाइकल सवारीले साधन ट्राफिक नियमविपरीत सञ्चालन गर्दा फन्दामा परेका छन् । कारवाही परेका सवारी साधनमध्ये मोटरसाइकलबाट १३ लाख ८३ हजार ५ सय राजस्व संकलन भएको छ ।

त्यस्तै, ट्रकबाट ३ लाख ३८ हजार, बसबाट २ लाख ५१ हजार, जीप कारबाट ७ लाख ६४ हजार ५ सय, ट्याक्टरबाट १ लाख ५६ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक डोरबहादुर थापाले जानकारी दिए ।

एक वर्षमा १७ वटा सवारी दुर्घटना
गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ को एक वर्षमा १७ वटा सवारी साधन दुर्घटनामा परेका छन् । यो अघिल्लो वर्षको तुलनामा कम भएको जिल्ला ट्राफिक कार्यालय, गुल्मीका प्रमुख थापाले जानकारी दिए ।
जिल्लामा भएको दुर्घटनामा बस २ वटा, जिपकार ४ वटा मोटरसाइकल ५ वटा, ट्याक्टर ५ वटा, डोजर १ वटा गरी १७ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

सवारी दुर्घटनामा १९ जनाको ज्यान गयो 
आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा सवारी दुर्घटनामा परि १९ जनाले ज्यान गुमाएका छन् । जिल्लामा सवारी दुर्घटनामा परि मर्ने गत वर्ष भन्दा बढी मृत्युदर रहेको छ ।  सवारी दुर्घटनामा परि १४ जना पुरुष, ५ जना महिलाको ज्यान गएको थियो । सवारी दुर्घटनाबाट २८ जना गम्भीर घाइते र २२ जना सामन्य घाइते भएका थिए ।

गुल्मीबाट छुट्ने सवारी साधनलाई टाइम कार्ड   
गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुरघटना न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको हो ।जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको छ । सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुटने सवारी साधनहरुलाई रिडी सम्मका लागी टाइम कार्डको व्यवस्था गरिएको हो ।

सदरमुकाम तम्घासबाट छुटने वसले रिडी २ घण्टा ४५ मिनेटमा पुयाउनु पर्ने छ भने हाइस, निसान गाडी बअ गाडीले २ घण्टामा रिडी पुग्ने गरि टाइम कार्डको व्यवस्था गरिएको ट्राफिक कार्यालय गुल्मीका हवल्दार देबीप्रसाद पौडेलले जानकारी दिए । जिल्लाबाट छुटने वस, हाइस, निसान गाडी र वअ जिपलाई टाइम कार्डको व्यवस्था गरिएको छ ।सबै सवारी साधनले टाइम कार्ड अनुसार सवारी साधनहरु सुचारु गरे जिल्लामा वढदो दुरघटना न्यूनिकरण गर्न मद्दत पुग्ने उनको भनाई छ । जिल्लामा पहिलो पटक झण्डै ३ वर्ष पहिले तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले टाइम कार्डको लागु गरेका थिए ।
sources- online khabar 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*