बलिउडको जी सिने अवार्ड नेपालमा, नेपाली फिल्मलाई पनि अवार्ड

छहारी संवाददाता
साउन ७, २०७५

बलिउडको प्रतिष्ठित जी सिने अवार्ड नेपालमा हुने भएको छ ।

आगामी नोभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा आयोजना हुने भनिएको अवार्डमा बलिउड सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटीको सहभागिता रहनेछ ।

केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भारत भ्रमणमा महानायक राजेश हमाल र निर्देशक दिनेश डी।सी सहभागी भएका थिए ।

भ्रमणका क्रममा जी टिभीका मालिक तथा भारतीय राज्य सभा सदस्य डा। सुभाशचन्द्रले नेपालमा जीसिने अवार्ड आयोजना गर्ने इच्छा नेपाली कलाकारहरु मार्फत प्रधानमन्त्रीसम्म पुर्याएका थिए । प्रधानमन्त्री ओली पनि तत्काल यसमा सकारात्मक बनेकाथिए ।

यसैलाई मूर्त रुप दिन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सक्रियता र निर्देशक दिनेश डिसीको संयोजनमा जी टेलिभिजनको एक टोली शनिबार नेपालआएको छ ।

जि टिभिका मालिक तथा भारतीय राज्य सभा सदस्य डा. सुभाशचन्द्र, डा. अमर सिंह, एसेल ग्रुपकी अध्यक्ष तथा जी टिभी नेटवर्ककी संस्थापक नायिका जयाप्रदा लगायतको टोली नेपालआएको हो ।

जी टेलिभिजनको टोलीले प्रधानमन्त्री केपीशर्मा ओलीसँगको भेट वार्तामा नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी, वरिष्ठ कलाकार नीर शाह, निर्माता केशव भट्टराई, निर्देशक दिनेश डि सि, अभिनेताहरु शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, अभिनेत्रीहरु झरना थापा, संचिता लुइँटेल, प्रदेश सभा सदस्य तथा गायिका कोमल ओली, गीतकार सम्भुजित बास्कोटा लगायतको उपस्थिति रहेको थियो ।

अवार्डका लागि नेपाली र भारतीय समिति समेत निर्माण गरिएको छ । त्यस समितिले अवार्ड संयोजन गर्ने छ ।

यसै वर्ष देखि जी सिने अवार्डमा ‘बेस्ट नेपालीफिल्म’ को विधा थपगरिने भएको छ । जसमा प्रत्येक वर्ष एउटा उत्कृष्ट नेपाली चलचित्रलाई यो विधामा अवार्ड दिइनेछ ।

यसले नेपाली फिल्म क्षेत्रको विश्वव्यापीकरणमा सहयोग पुग्ने आशा राखिएको छ । साथै अवार्ड समारोह भन्दा अगाडि ‘हिमालयन कन्क्लेभ’ पनि आयोजना गरिने भएको छ । 

पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा हुने हिमालयन कन्क्लेभमा नेपाल, भारत, बंगलादेश लगायतका कलाकर्मीहरुको उपस्थिति रहने छ ।

एक दिवसीय कन्क्लेभको भोलिपल्ट घोषणापत्र जारी गरिने तथा त्यसको भोलिपल्ट अवार्ड शो आयोजना हुने स्रोतले जनाएको छ ।

अवार्डको विषयमा छलफल गर्न नेपाल आएका जि टिभीका मालिक सुभास चन्द्रले नेपालमा फिल्म सिटी निर्माणमा पनि लगानी गर्ने इच्छा व्यक्त गरेका छन् । 

उनकै ईच्छा अनुसार  निर्देशक दिनेश डीसीले उनलाई पालुङटार, सल्यानटार, तनहुँ लगायतका सम्भावित स्थानहरुमा अवलोकनका लागि पुर्याएका थिए ।

विश्वका विभिन्न देशहरुमा आयोजनाहुने गरेको अवार्ड नेपालमा गर्दा नेपालको पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । अवार्डमा भारतका चर्चित सेलिब्रिटीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

‘हिन्दी चलचित्र हेर्ने संसारभरका ८० करोड व्यक्तिहरुले हेर्ने अवार्ड समारोह नेपालमा आयोजना गर्दा ‘भिजिट नेपाल २०२०’लाई प्रत्यक्ष फाइदा पुग्ने आशा गरिएको छ ।
उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

स्रोत/उज्यालाे र गफगाफ डट कम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*