तिनाउँमा मोटरसाइकल दुर्घटनामा दुर्इजनाको मृत्यु

छहारी संवाददाता
साउन ६, २०७५

रुपन्देहीको तिनाउँ गाउँपालिका-३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु२१प ९६८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पाल्पाको तानसेन नगरपालिका-७ का माधन कुमाल र उनका छोरी उमेश कुमालको मृत्यु भएको प्रहरी चाैकी दोभानका इन्सपेक्टर बनासरी गुप्ताले जानकारी दिए ।

दुर्घटनामा परेका उनीहरू सडक तलको भीरमा अड्किएका थिए ।  भीरमा जान सक्ने अवस्था नभएकोले प्रहरीले डोरी लगाएर निकालेको हो ।दुर्घटनामा परेको मोटरसाइकल भने सडकमै थियो । दुर्घटनाका क्रममा माधव र उमेश उछिट्टिएर भीरमा पुगेको हुनसक्ने प्रहरीले बताएको छ ।

कुमालका बाबुछोरा तानसेनबाट बुटवलमा आफन्त भेट्न आउँदै थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*