आज हरिशयनी एकादशीः तुलसीको विरुवा रोपी पूजा आराधना गरिने

छहारी संवाददाता
साउन ६, २०७५

 असार शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व ब्रत, पूजा–पाठ गरी मनाईंदैछ ।

जेठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन घर–घरमा राखिएको तुलसीको दलबाट आजै विरुवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरु गरिन्छ ।

कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नु हुने भएकाले त्यसदिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ

चतुर्माससमेत भनिने यी चार महिनामा तुलसीको पूजा गरे मनोकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यी चार महिनासम्म व्रत बस्नेले निश्चित विधि पालना गर्नुपर्छ ।

जसअनुसार साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने चीजबीज खान नहुने प्रचलन रही आएको छ ।

असारदेखि कात्तिकसम्म ‘चतुर्मास महात्म्य’ पाठ गर्ने र कथा वाचन एवं श्रवण गर्ने परम्परा छ ।

जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रुपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने प्रचलन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*