एसियाली खेलकुदका लागि नेपाली फुटबल टोली थाइल्यान्ड जाने 

छहारी संवाददाता
साउन ४, २०७५

इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपाली फुटबल टोली थाइल्यान्ड जाने भएको छ ।

एसियन गेम्सको १८ औं संस्करण यही भदौं २ गतेदेखि इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा आयोजना हुँदैछ ।

नेपाली टोलीले अन्तिम तयारी थाइल्याण्डमा नै गर्नेछ । एसियाडमा सहभागि हुने २३ वर्ष मुनिको नेपाली टोलीले थाइल्यान्डमा २ वटा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एसियाडका लागि एन्फाले यसअघि नै २० सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

नेपाली टोलीले १ देखि ४ अगष्ट भित्र दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । अहिले नेपाली टोली सातदोबाटो स्थित एन्फा मुख्यालयमा अभ्यास गरिरहेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*