युवा नेता मोक्तानद्वारा जन्मदिनमा बृद्धाश्रमलाई सहयोग
नेपाल कम्युनिष्ट पार्टी९नेकपा० मकवानपुरका सचिवालय सदस्य तथा युवा ईन्चार्ज सुनिल मोक्तानले आफ्नो जन्मदिनको अवसरमा हेटौँडा–१५ स्थित दिब्यसेवा निकेतनलाई सहयोग गरेका छन् ।
निकेतन आश्रय लिईरहेका बृद्धबृद्धाका लागि उनले बिहीबार नगद १२ हजार रुपैँया सहयोग गरेका हन् । नेपाल तामाङ्ग घेदुङका केन्द्रिय सदस्य समेत रहेका उनले तीन वर्षदेखि जन्मदिनमा निकेतनलाई बार्षिक १२ हजार रुपैंया सहयोग गर्दै आएका छन् ।
जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा जेष्ठ नागरिकहरुले आश्रय लिईरहेकोे निकेतनलाई सहयोग गर्नु उचित लागेर प्रत्येक वर्ष सहयोग गर्ने घोषणा गरेको मोक्तानले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले मोक्तानजस्तै सबै युवाहरुले जेष्ठ नागरिकलाई सहयोग तथा सम्मान गर्नुपर्ने बताए ।
युवाहरुले सबैको सम्मान गर्नसके देशमा नैतिकताको खडेरी नपर्ने समेत उनको भनाई रहेको थियो ।
कार्यक्रममा दिब्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, मकवानपुर अध्यक्ष चम्फुसिं लामा, संरक्षक तथा नेकपाका केन्द्रिय सदस्य केदार न्यौपाने, संरक्षिका सुनिता वाईजी महात्मा लगाएतको सहभागिता रहेको थियो । आश्रममा हाल ३० जना बृद्धबृद्धा बस्दै आएका छन् ।