महिला राष्ट्रिय लिगमा काठमाण्डौँको प्रतिनिधित्व पक्का, सिन्धुपाल्चोक १–० गोलले पराजित

छहारी संवाददाता
साउन ४, २०७५

हेटौँडामा भएको उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाण्डौँले जितेको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा हेटौँडाको हुप्र चौरमा भएको प्रतियोगितामा सिन्धुपाल्चोकलाई १–० गोलले पराजित गर्दै काठमाण्डौँले महिला राष्ट्रिय लिगमा प्रतिनिधित्व पक्का गरेको हो ।  

खेलको दोश्रो हाफको ४८ मिनेटमा सुनकला राईले गरेको गोल नै काठमाण्डौँका लागि निर्णायक बन्यो ।

उपाधी जितेको काठमाण्डौँले नगद ३० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता सिन्धुपाल्चोकले नगद १५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

उत्कृष्ट गोलकिपर काठमाण्डौँकी अञ्जना माझी भईन । यस्तै उत्कृष्ट फरवार्ड काठमाण्डौँकी मनिषा थापा, मिडफिल्डर सिन्धुपाल्चोककी पार्वती घले तथा डिफेन्डर काठमाण्डौँकी अमृत राई भईन् । उनीहरुलाई नगद २ हजार तथा ट्रफि प्रदान गरिएको थियो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*