सेफर वीरगञ्जलाई ५० हजार सहयोग
कुमारी बैंकले सेफर वीरगञ्जलाई आज ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
बैंकले ५० हजार रुपैयाको चेक वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश शर्मालाई हस्तान्तरण गरेको हो । कुमारी बैंक, वीरगञ्ज शाखाका प्रबन्धक राजेश प्रसादले चेक हस्तान्तरण गर्नु भएको हो ।
यो सहयोगले सेफर वीरगञ्जले गरिरहेको काम कारवाहीमा ठूलो सहयोग पुग्ने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माले बताए । उनले सेफर वीरगञ्जलाई अझ प्रभावकारी बनाउन सबैको सहकार्यको आवश्यकता रहेको बताए ।
कार्यक्रममा वीउवा सङ्घका उपाध्यक्ष सुबोध कुमार गुप्ता, सचिव मनोज दास, सह–सचिव प्रेम चन्द्र गोयल, सुनिल कुमार कण्ठ, मनोज उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सङ्घका पदाधिकारीहरुले आज सङ्घकै सभाकक्षमा एक समारोह बीच औद्योगिक सुरक्षा बलका सशस्त्र प्रहरी नायब उपरीषक बलराम लामिछानेलाई बिदाई तथा नव आगन्तुक सशस्त्र प्रहरी नायव उपरिक्षक गौतम कुँवरलाई स्वागत गरेको छ ।