कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौडाका विद्यार्थी थप आन्दोलित

छहारी संवाददाता
साउन २, २०७५

मकवानपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौडामा जारी आन्दोलन  थप कडा हुदै गएको छ ।

विद्यार्थीहरुले आज र्याली निकाल्नुका साथै क्याम्पस प्रशासन कार्यालय अगाडी टायर बालेर बिरोध जनाएका छन् ।

क्याम्पस प्रशासनले केन्द्रीय क्याम्पसलाई ध्यान नदिई, यहाका विद्यार्थीहरुको समस्यालाई वेवास्ता गरेर आर्थिक चलखेल गरी नीजि सस्थालाई सम्बन्धन दिन लागेकोले आन्दोलित हुनु परेको अनेरास्ववियु कृषि तथा वन विज्ञान संकायका अध्यक्ष तुलसीराम ओलीले बताए ।

गत असार २७ गते डिनको कार्यालय सहितको प्रशासन शाखामा तालाबन्दी गरेका विद्यार्थीहरुले प्रशासनले वेवास्ता गरेको र नीजि सस्थालाई सम्वोधन दिने प्रक्रिया अझै नरोकेको भन्दै आज र्याली तथा क्याम्पस घेराउ गरेका हुन् ।

सरकारले आंगिक क्याम्पसको रुपमा नयाँ क्याम्पसहरु खोल्नुपर्ने, भएको क्याम्पसलाई ब्यवस्थित बनाउनु पर्नेमा विद्यार्थीहरुले जोड दिएका छन् ।

विश्वविद्यालयको यस निर्णयको विरोधमा चितवनको रामपुरमा रहेको क्याम्पसमा समेत तालाबन्दी भएको छ भने देशभरका सबै आंगिक क्यम्पसका विद्यार्थीहरु आन्दोलित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*