मकवानपुरको राक्सीराङ्ग गाउँपालिकाद्धारा करीब साढे ४२ करोडको बजेट पारित

छहारी संवाददाता
असार २६, २०७५

मकवानपुरको राक्सीराङ्ग गाउँपालिकाले कुल ४२ करोड, ३३ लाख, ७९ हजारको बजेट पारित गरको छ । 
आइतबार सम्पन्न गाउँ भेलाले गत असार १० गते प्रश्तुत गरिएको नीति तथा कार्यक्रम सहित बजेट पारित गरेको राक्सीराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

गाउँपालिकाले चालु तर्फ ५ करोड,३९ लाख,१४ हजार रकम बिनियोजन गरेको थियो भने पूँजीगत तर्फ ३३ करोड, ४४ लाख, ६५ हजार तथा सामाजिक सुरक्षा तर्फ ३ करोड, ५० लाख रकम बिनियोजन गरेकोमा सबै बिषयगत समितिहरुको छलफलपछि आइतबार बजेट पारित भएको अध्यक्ष मल्लले बताए । 

खासगरी राक्सीराङ्ग गाउँपालिकाले कृषि, बिधुत, पर्यटन र पूर्वाधार राक्सीराङ्गको बिकासका आधार नारा तय गरेको छ । यही नाराका आधारमा राक्सीराङ्ग गाउँपालिकालाई सम्मृद्ध बनाउन आफू लागि पर्ने अध्यक्ष मल्लले बताएका छन् ।

खासगरी राक्सीराङ्ग गाउँपालिकाले आगामी आर्थिक बर्षमा आफ्नो गाउँपालिकामा रहेका समस्या पहिचान गरी कृषि,बिधुत लगायतका बिषयमा समाधान गरी सम्मृद्ध गाउँपालिका बनाउन जुट्ने गाउँ परिषद भेलाले निर्णय गरेको सूचना तथा प्रबिधि अधिकृत अन्जन हटुवालले बताए ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*