मकवानपुरका सिमान्तकृत चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

छहारी संवाददाता
असार १३, २०७५

मकवानपुरको विकट भिमफेदी गाँउपालिका २ स्थित पोखरी प्राविमा अध्ययनरत सिमान्तकृत चेपाङ बालबालिकालाई लत्ताकपडाका लागि नगद र  शैक्षिक सामग्री वितरण गरिएको छ । 
सञ्चार केन्द्र नेपालको पहलमा अति विपन्न चेपाङ विद्याथीहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।
 
सहयोग हस्तान्तरण कार्यक्रममा तत्कालिन एमालेका मकवानपुर जिल्ला सचिवालय सदस्य, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सचिव एवं वरिष्ठ समाजसेवी रामचन्द्र बल, सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सदस्य गोबिन्द चौंलागाँइ, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनमाया थोकर, पुर्व अध्यक्ष भिमबहादुर थोकर, प्रधानअध्यापक मेमबहादुर थोकर, एमालेका स्थानीय युवा नेता शिवहरी बर्तौला लगायतको सहभागीता थियो ।  

कार्यक्रमका प्रमुख अतिथि बलले विद्यार्थीहरुलाई नगद तथा शैक्षि सामग्री प्रदान गरेका थिए । यसैबीच स्नीयको उपस्थितिमा बैकल्पिक उर्जा र वायोग्यासको महत्व विषयक चेतनामुलक कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सो विषयमा प्रश्नोत्तर तथा अन्तरक्रिया समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*