हेटौंडा उपमहानगरपालिकाद्धारा आगामी आर्थिक बर्षका लागि करीब २ अर्बको अनुमानित बजेट प्रस्ताव
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ६३ करोड ४ लाख ५७ हजार अनुमानित बजेट प्रस्ताव गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको आजको तेस्रो नगरसभा बैठकले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गर्दै उपमहानगरपालिकाले डेड अर्ब रुपैयाँ भन्दा बढीको बजेट प्रस्तुत गरेको हो ।
कूल बजेट मध्ये कार्यालय सञ्चालन तथा प्रसासनिक खर्च तर्फ १६ करोड ५९ लाख ६४ हजार अनुमान गरिएको छ । अर्थात कूल बजेटको दश दशमलब १८ प्रतिशत प्रसासनिक खर्च तर्फ विनियोजन प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाले पूँजिगत तर्फ बिनियोजन प्रस्ताव गर्दा गत नगर सभाबाट स्विकृत गरेको रणनीतिक, नगरस्तरीय ठूला पूर्बाधार र नगरस्तरीय क्षेत्रगत आयोजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ ।
नगरका सम्पूर्ण वडाहरुलाई भूगोल, जनसंख्या, गरिवीको अवस्था र पूर्बाधार संरचनाको वर्तमान अवस्था समेतको आधारमा क र ख वर्गमा बिभाजन गरी वडास्तरीय आयोजना तथा कार्यक्रमहरुका लागि मात्र २० करोड ५० लाख बिनियोजन प्रस्ताव गरिएको छ ।
क्षेत्रगत रुपमा आर्थिक बिकास तर्फ ९कृषि, पशु, उद्योग वाणिज्य, पर्यटन, सहकारी र बित्तीय क्षेत्र० कूल २ करोड ६४ लाख रुपैयाँ बिनियोजन गरिएको छ । आज उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले प्रस्तुत गर्नु भएको बजेटमा बिकाश निर्माणका कामलाई बढी प्राथमिकता दिइएको छ ।
सामाजिक बिकास क्षेत्र अर्न्तर्गत ९शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, खाद्य परिक्षण प्रयोगशाला, सँस्कृति प्रबर्धन, खेलकुद तथा मनोरन्जन र लैङ्गिक समानता र सामाजिक समावेसीकरण० कूल ६९ करोड १७ लाख बिनियोजन गरिएको उपमेयर लामाले बताउनुभयो ।
पूर्बाधार बिकास क्षेत्र तर्फ ९स्थानीय सडक, पुल तथा झोलुङ्गेपुल, सिचाई, भवन तथा शहरी बिकास, सडकबत्ती, उर्जा, खानेपानी पुर्बाधार तथा वडागत आयोजनाहरु समेत० कूल ३७ करोड ८ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यसै गरी वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ ७ करोड ३१ लाख बिनियोजन गरिएको छ । यसै गरी संस्थागत बिकास, सेवा प्रवाह र शुसासन क्षेत्र तर्फ कूल २ करोड १६ लाख बिनियोजन गरिएको उहाँले बताउनुभयो ।
सवै वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने उद्देश्यका साथ हेटौंडा वडा नंम्बर १२ को भवन निर्माणको प्रक्रिया सुरु भैसकेको छ ।
बाँकी वडाहरुको भवन निर्माण तथा मर्मतका लागि आगामी आबका लागि बर्ष ५० लाख रुपैयाँ छुट्याइएको छ । भारि मेसिन र औजार, निर्माण सम्बन्धि मेसिन, ट्रीपर, ट्रयाक्टर, जिप, मोटरसाइकल, कार्यालय साधन तर्फ २ करोड ७५ लाख बजेट अनुमान गरिएको छ ।
आगामी २ बर्ष्भित्र दिर्घकालिन प्रभाव दिने खालका नगरस्तरीय गौरबका आयोजनाहरु सञ्चालन गर्न विनियोजन गरिने बताइएको छ । त्यस्ता आयोजनाहरुको विस्तृत सम्भाव्यता अध्ययन सहित परियोजना निर्माणका लागि १ करोड विनियोजन प्रस्ताव गरिएको छ ।
गत आ।व।मा संचालित क्रमागत आयोजना तथा कार्यक्रमहरुको दायित्व भुक्तानीका लागि ८ करोड, नेपाल सरकारका अन्य निकायहरुबाट कार्यान्वयनमा आउन सक्ने आयोजना तथा कार्यक्रमहरुका लागि समपूरक कोष तर्फ १ करोड, सडकवोर्ड नेपालबाट शहरी सडक मर्मत शीर्षकमा प्राप्त हुने अनुदान तथा अन्य मर्मत सम्भार कार्यका लागि मर्मत सम्भार कोष तर्फ १ करोड ५० लाख, आकस्मिक तथा भैपरी आउने खर्चका लागि १ करोड, नगरस्तरीय बिपद व्यवस्थापन कोष तर्फ १ करोड बिनियोजन प्रस्ताव गरे उहाँले नगरसभामा जानकारी गराउनुभयो ।
आगामी आबमा वडास्तरीय आयोजना तथा कार्यक्रमहरु, बिषयगत कार्यालय तथा शाखाहरु मार्फत संचालन गरिने कार्यक्रमहरुका अतिरिक्त नगरस्तरीय ठूला बिकास पूर्बाधार कार्यक्रम अर्न्तर्गत कर्भडहल निर्माण कार्य पूरा गरिन बताइएको छ ।
यसै गरी सडक मर्मत सम्भार अर्न्तर्गत नगरक्षेत्रका बिभिन्न सडक खण्डको मर्मत सुधारका कार्यक्रमहरु संचालनमा ल्याउने प्रस्ताव गरिएको छ । साथै बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले खाद्य परीक्षण प्रयोगशालाको निर्माण तथा सञ्चालनका लागि बजेट विनियोजन प्रस्ताव गरिएको छ ।