पहिरो खसेर अबरुद्ध हेटौंडा–काठमाण्डौ जोड्ने तीन ओटै सडक संचालन
अविरल वर्षाका कारण पहिरो खसेर अबरुद्ध भएको हेटौंडा–काठमाण्डौ जोड्ने तीन ओटै सडक संचालनमा आएका छन् ।
हेटौंडा–काठमाण्डौ जोड्ने द्रुतमार्ग अन्तरगत फाखेल–सिस्नेरी सडक र दामन पालुङ हुँदै काठमाण्डौ जाने सडकमा खोला तर्फबाट सवारी आवागमन खुलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक डिएसपी दिलीपराज झाले जानकारी दिुन भएको छ ।
यस्तै फाखेल सडक अन्तरगत ईन्द्र सरोबर गाउँपालिकाका २ सुकौरा र ईन्द्र सरोबरकै सिस्नेरी र हेटौंडा दामन पालुङ हुँदै काठमाण्डौ जाने सडक अन्तरगत भिमफेदी गाउँपालिका ४ महाभिरमा एक तर्फि सडक खुलाइएको झाले बताउनुभयो ।
अबरुद्ध सडक खुलाउन सडक डिभीजन कार्यालय हेटौंडाको डोजर प्रयोग गरिएको थियो । गएरातीदेखि सडक अबरुद्ध हुँदा यस क्षेत्रमा लामो तथा छोटो दुरीका सवारीका साधन अलपत्र परेका थिए ।