आफ्नो देशको नदीमा फोहर मिसाउछौ अनि बिदेसी पानी महंगोमा किनेर खान्छौं– प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीले उत्पादनमा ध्यान दिनु जरुरी रहेको बताउनु भएको छ । प्रदेश ३ को प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिस उपभोगी बन्दै गएकोले स्वदेशी उत्पादनमा ध्यान नगएको बताउनुभयो ।
आफ्नै देशमा उत्पादित बस्तुले आवश्यकता पूर्ति गर्ने भन्दै उहाँले आयातमा नभइ निर्यातमा जोड दिन आग्रह गर्नुभयो । हेटौडामा बन्द अवस्थामा रहेको कपडा उद्योगलाई संचालनमा ल्याउने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले नेपालका खोलमा, बालुवामा सुन भेट्टी रहेको भन्दै स्वदेशमा भएका बस्तुको पहिचान जरुरी रहेको बताउनु भयो । नेपाली बजारमा फ्रान्सलगायतका देशको पानी किनबेच भइरहेको प्रसंग उल्लेख गर्दै ओलीले भन्नुभयो – ंआफ्नो देशको नदीमा फोहर मिसाउछौ अनि महंगोमा किनेर खान्छौं । ं
आवश्यकता भन्दा बढी देखासेखी गर्ने बानी रहेको भन्दै उहाँले अब सच्चिनु पर्ने बताउनुभयो । नेपालको विकास नेपाली कै हातमा रहेको भन्दै उहाले सम्भावनाको खाजी र पहिचान गर्न सक्नु पर्ने बताउनु भयो ।