मापदण्ड विपरितका दुई पेट्रोल पम्पलाई सरकारले गर्यो सिलबन्दी 

छहारी संवाददाता
जेष्ठ १४, २०७५

सरकारले मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पलाई सिलबन्दी गरेको छ । 

सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्षमी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्पमा सिल लगाएको हो ।

१० लिटर पेट्रोल हाल्दा बढीमा २५ एमएल कम हुँदा सम्म छुट पाइने निगमको प्रावधान छ । तर, प्रशान्ति आयल स्टोरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा ४० एमएल पेट्रोल कम भएको पाइएपछि सिल गरिएको हो ।

त्यस्तै त्रिपुरेश्वरको मायाराम भुलाराम पेट्रोल पम्पमा स्वीच अन अफ गर्ने ठाउँमा इलेक्ट्रिक मेसिन जडान राखिएको पाइएको छ । 

डिस्पेलिङ पम्पमा जडान भएर आउने ह्यान्डेल फालेर इलेक्ट्रिक मेसिन जडान गरेको पाइएपछि ह्यान्डेल मेसिन नै राख्न भनिएको छ । इलेक्ट्रिक मेसेनिले आगलागी हुने जोखिम बढ्ने भन्दै यस्तो नगरे कारवाही गर्ने चेतावनी  दिएको छ । नयापत्रिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*