अखिल क्रान्तिकारी मकवानपुर जिल्ला स्वयं सेवक संयोजक ले दिए प्रहरीलाई सि .सि .टि.भि .

छहारी संवाददाता
जेष्ठ १३, २०७५

अखिल क्रान्तिकारी मकवानपुर जिल्ला स्वयम सेवक संयोजक विद्यार्थी नेता बुद्धराज अर्याल ले ईलाका प्रहरी कार्यालय भिमफेदीलाई हेटौंडाका २ थान सिसिटिभी क्यामेरासहित मोनिटर लगायतका अन्य आवश्यक सामाग्री सहयोग गरेका छन् । गत केही दिन अगाडि मात्र हेटौंडा जेसिस द्वारा आयोजित डोनेसन प्रोग्राम अन्तर्गत कालिका आधरभुत बिध्यालय ( -नकौली बसामाद्दि ) मा 215 विद्यार्थी हरुलाइ आफू स्वयम् ले १२०० कपि बितरन गरि सामाजिक क्षेत्रमा निकै सक्रियता रहेको पाईएको छ , निस्पक्ष आवाजको लागि जस्तो सुकै , जुन सुकै ब्यक्ति हरुलाई मेरो तेरो नभनी सहयोग गर्ने बताएका छ्न शुक्रबार एक कार्यक्रममा प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख सइ मेघराज घिमिरेलाई हेटौँडा–७ बस्ने हाल बि.बि.एस. चौथो बर्ष मकवानपुर बहुमुखी क्याम्पसमा अध्यनरत बुद्ध अर्यालले सिसिटिभी क्यामेरा सहितको सामाग्री हस्तान्तरण गरेका हुन् । कार्यालयलाई थप व्यवस्थित र सुरक्षित बनाई शान्ति सुरक्षाको मोनेटरिङ गर्न सहयोग होस् भन्ने उदेश्यले सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको अर्यालले बताए । कार्यक्रमका प्रमुख अतिथि एवं भिमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले कार्यक्रममा बोल्दै नागरिकस्तरबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताउँदै सरहानीय कार्यका लागि अर्याललाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा, गाउँपालिकाका कर्मचारीहरु, पत्रकार तथा प्रहरीहरुको सहभागिता रहेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*