दलालहरुले पाउदै गरेको कृषि अनुदान लाई असली कृषकमा पुर्यौछौ : राज्य मन्त्री चौधरी

छहारी संवाददाता
जेष्ठ १२, २०७५

दलालहरुले पाउदै गरेको कृषि अनुदान लाई असली कृषकमा पुर्यौछौ – राज्य मन्त्री चौधरी

महिला पाराभेटरिनरीयनहरुको राष्ट्रिय भेला त्रिपुरेश्वर काठमाडौंमा कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले उदघाटन गर्नु भयो । देश भरी बाट सहभागी भएको महिला पाराभेटरीनरीहरुलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले स्थानीय तहको वडा सम्म भेटरीनरी पुरयाउने लक्ष्य रहेको बताउनु भयो । पशु स्वास्थ मानव स्वास्थ संग जोडिएकोले सरकार यो विषयमा गम्भीर रहेको बताउनु भयो । कृषिमा दिने अनुदान दलालहरुको हातमा मात्रै पर्ने भएकोले असली किसानहरु निरास भएको बताउनु भयो तर अब दलालहरुको सेन्टिगेट लाई ध्वस्त पार्ने योजना बनाएकोले असलिकिसानहरु उत्साहित हुने बताउनु भयो । किसानहरुले समयमा रासायनिक मल नपाउदा जहिले पनि समस्या आइरहेको प्रति आफु गम्भीर रहेको र कृषि सामाग्री लि.लाई सक्रिय हुन निर्देश समेत दिएको बताउनु भयो । मलमा देखिएको अपार्दशितालाइ कडाइका साथ पार्दशी पार्ने बताउनु भयो । गुण र परिमाणमा कुनै सम्झौता नहुने बताउनु भयो । संविधानमा महिलालाइ ३३% भनिएता पनि राजनितिक दलहरु र आफनै दलले समेत केन्द्रिय समितिमा ३३%नपुर्याएको प्रती रोस्ट प्रकट गर्नु भयो ।साथै सबै महिलाहरु आफ्नो अधिकार प्रती सचेत हुनु पर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*