नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले आज पूर्णता पाउदै
नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समितिले आज पूर्णता पाउदैछ ।
तत्कालीन माओवादी केन्द्रका नेताहरुको नाम टुङ्गो लगाउन नसकेपछि समितिले पूर्णता पाउ ढिला भएको हो । थपिने केन्द्रीय सदस्यको नाम टुंगो लगाउन आज पनि नेपकपाका अध्यक्ष प्रचण्डले केही नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
यद्यपी नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीमा रहने नेताहरूको टुंगो लागि सकेको र छिट्टै नाम सार्वजनिक गरिने जानकारी दिनुभयो ।
एकीकृत कम्युनिस्ट पार्टीमा ९ सदस्यीय सचिवालय बनिसकेको छ । पार्टीको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।
४५ सदस्यीय स्थायी कमिटीमा २६ तत्कालीन एमालेबाट र १९ माओवादी केन्द्रबाट रहने छन् । ४४१ केन्द्रीय सदस्यमा २४१ तत्कालीनएमालेबाट र २ सय माओवादी केन्द्रबाट रहनेछन् ।
तत्कालीन एमालेको २६ सदस्यीय स्थायी कमिटीलाई स्वतःएकीकृत पार्टीको स्थायी कमिटी सदस्यबनाइँदै छ ।
यसैगरी, २४१ सदस्य केन्द्रीय सदस्यकालागिएमालेकातत्कालीन १९६ सदस्य स्वतः केन्द्रीय सदस्यहुनेछन् । बाँकी ४५ थपिनेको पनि टुंगो लागिसकेको छ ।