जनताले अनुभव गर्ने गरी विकास निर्माणमा लाग्न नेता कार्यकर्तालाई बानियाँको निर्देशन
नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनताले अनुभव गर्ने गरी विकास निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा बानियाँले अबका दिनमा पार्टीको संगठन र जनतासंग प्रत्यक्ष सहभागी भएर विकास निर्माणमा लाग्न निर्देशन दिएका हुन् ।
नेता बानियाँले ४ नम्बर क्षेत्रमा स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु, जनप्रतिनिधि र नेता कार्यकर्तालाई एकढिक्का भएर लाग्न निर्देशन दिएका हुन् ।
कार्यक्रममा जिल्ला पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङलगायत स्थानीय निर्वाचनमा गाउँपालिकामा उम्मेदवारी दिएका अध्यक्षरउपाध्यक्ष, वडा अध्यक्षका उम्मेदवारहरु र जितेका जनप्रतिनिधिहरुले पार्टीको क्षेत्रमा रहेको अवस्थाका बारे बोलेको थिए ।
कार्यक्रममा ४ नम्बर क्षेत्रका जिल्ला सदस्यहरु, महाधिबेशन प्रतिनिधि, साविक गाविसहरुका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।