प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ १३ गतेदेखि

छहारी संवाददाता
बैशाख २९, २०७५

प्रधानमन्त्री कप अन्तर प्रदेश एक दिवसीय क्रिकेट प्रतियोगिता जेठ १३ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा क्रिकेट प्रतियोगिता हुन लागेको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ) गरी १० पुरुष टिमको सहभागिता रहने बताइएको छ ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

विजेताले २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउने छन् ।

 ‘म्यान अफ सिरिज’ लाई १ लाख, उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५०/५० हजार, उदीयमान खेलाडीलाई १५ हजार तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल जेठ २८ गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*