प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल रोल्पामा सुरु

छहारी संवाददाता
बैशाख २९, २०७५

प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता रोल्पाको लिवाङमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा शनिवारबाट सुरु भएको प्रतियोगिता जेठ २ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको पुरुष÷महिला दुवैमा सात प्रदेशबाट १–१ टिम र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमको सहभागिता रहने राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए ।

सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । पुरुष÷महिला दुवैमा पुरस्कार राशी समान राखिएको छ ।

विजेताले ३ लाख ५० हजार, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न ५५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*