नेपालमा सन् २०१७ मा लैंगिक हिंसाका कारण मृत्यु हुनेको संख्या ३३ प्रतिशत

छहारी संवाददाता
बैशाख २९, २०७५

नेपालमा सन् २०१७ मा लैंगिक हिंसाका कारण मृत्यु भएका ४ सय ४६ मध्ये ३३ प्रतिशत अर्थात् १ सय ४९ जनाको मृत्यु हुने गरेको पाइएको छ ।

ती मध्ये १ सय ४० महिलाहरु लैंगिक हिंसाकै कारण मृत्युको मुखमा पुग्ने गरेका छन् ।

युएसएआइडी र एसिया फाउन्डेसनको सहयोगमा कोक्यापले गरेको लैंगिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी सर्वेक्षण २०१७ मा यस्तो तथ्य पाइएको हो ।

अछाम, कैलाली, कास्की, धादिङ, नुवाकोट, काठमाडौं, रसुवा, रामेछाप, दोलखा र सिन्धुली गरी १० जिल्लामा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा लैंगिक हिंसाका घटनामध्ये रुपन्देहीमा ४१, सिराहा ३६ र काठमाडौंमा २६ वटा घटना भएका थिए ।

प्रदेशका अनुसार सबैभन्दा बढी प्रदेश २ मा लैंगिक हिंसाका १ सय ५१ घटना (प्रति लाखमा) घटेको पाइएको छ । प्रदेश ५ मा १ सय ३९, प्रदेश प्रदेश ३ मा १ सय २५, प्रदेश ४ मा ४९, प्रदेश ७ मा ४३, प्रदेश ६ मा ४१ लैंगिक हिंसाका घटना घटेका थिए ।

सर्वेक्षणका क्रममा एक वर्षको अवधिमा लैंगिक हिंसामा परेका मध्ये ३ सय ८५ महिला बलात्कृत भएको पाइएको छ ।

जसमध्ये २५ वर्ष मुनिका ८२ दशमलव ९ प्रतिशत महिला तथा बालिका बलात्कृत हुने गरेका छन् भने २६ वर्षमाथिका १७ दशमलव १ प्रतिशत बलात्कृत हुने गरेका पाइएको छ । स्रोत/महिला खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*