लागुऔषध, महिला हिंसा, फरार अभियुक्त पक्राउ लगायतका काम आफ्नो प्रार्थमिकतः एसपी श्रेष्ठ
अपराधीलाई सिधै इन्काउण्टर गर्छु भनी चर्चा कमाएका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले मकवानपुर हुने गरेको आपराधिक गतिविधीमा १५ दिन भित्र कमी आउने ठोकुवा गरेका छन ।
वडा प्रहरी कार्यालय हेटौडा तथा ४ नम्बर वडा कार्यालयले आयोजना गरेको शान्ति सुरक्षा, अपराध नियन्त्रण र ट्रफिक व्यवस्थापन बिषयक अन्तरक्रियामा बोल्दै श्रेष्ठले जस्तो सुकै अपराध वा अपराधीलाई कुनै पनि हालतमा छुटकारा नदिन बताएका हुन् ।
उनले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला हिंसा न्यूनिकरण, फरार अभियुक्त पक्राउ लगायतका काम आफ्नो प्राराथमिकतमा रहेको बताए ।
डिउटिमा रहेका बेला प्रहरीले फोनको प्रयोग गरेको पाईए आफुलाई जानकारी गराउन अनुरोध गर्दै जानकारी गरेमा पुरस्कृत समेत गरिने बताए । उनले जिल्ला प्रहरी कार्यालय परिसर र माताहतका प्रहरी ईकाइहरुमा समेत मापसे र धुममपान गरी प्रहरी कार्यालय प्रवेशमा रोक लगाएको बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक शिवराज बुढाथोकिले अपराध नियन्त्रणका लागि सवैको सहयोग चाहिने भन्दै आफ्नो मातहतमा रहेको क्षेत्रमा त्यस्ता आपराधिक घटना भएको पाईए तुरुन्तै एक्सन लिने बताए ।
टोल विकास संस्था समन्वय समितिका अध्यक्ष तथा ४ नम्बर वडा सदस्य राजेन्द« वास्ताकोटीको सभाध्यक्षमा भएको कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, होटल एसोसियन मकवानपुरका अध्यक्ष भगिरथ शर्मा, उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपाने, टोम्पो मझैला यातायात व्यवसायी संघ मकवानपुरका अध्यक्ष ज्ञानेन्द« कार्की लगायतको सहभागिता थियो ।