पत्रकारिता क्षेत्र पनि अब समृद्धिको आन्दोलनमा जोडिनुपर्छः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
बैशाख २७, २०७५

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपालको हरेक सकारात्मक आन्दोलनमा पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री पौडेलले पहिलो पटक स्थापना भएको महासंघलाई भवन निर्माण तथा कार्यालय ब्यवस्थापनमा महत्वपूर्ण सहयोग हुने बताए ।

पत्रकारको पक्षमा प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने भन्दै मुख्यमन्त्री पौडेलले पत्रकारिता क्षेत्रपनि अब समृद्धिको आन्दोलनमा जोडिनुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले पत्रकारहरु संघिय संरचना निर्माणको लागि समेत लागेको भन्दै प्रदेश सरकारले पत्रकारको योगदानलाई कदर गर्दै सहयोग गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा आज हेटौँडामा आयोजना भएको कार्यक्रममा केन्द्रीय महासचिव रमेश विष्टले प्रदेश अध्यक्ष सहितका कार्यसमिति सदस्यहरुलाई सपथग्रहण गराएका हुन् ।  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*