प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग छलफल थाल्नुको कारण हेर्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साढे १० बजे बोलाइएको बैठकमा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसदमा पेश गर्ने कार्यसूचि रहेको छ ।
संसद् सचिवालयका अनुसार जेठ १५ गते अर्थमन्त्रीले राजस्व र आयव्ययको अनुमान संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिनअघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ । अस्ति आइतबारदेखि बजेट अधिवेशन सुरु भैसकेको छ ।
संसद सचिवालयले असार १५ सम्ममा बजेट पास गरिसक्ने क्यालेन्डर बनाइसकेको छ । नीति तथा कार्यक्रम संसद्ले पारित गरेपछि संसद्मा बजेट प्रस्तुत हुन्छ ।