इरानसँगको अन्तर्राष्ट्रिय सम्झौतामा रहिरहन ट्रम्पलाई बेलायती विदेशमन्त्रीको आग्रह
बेलायतका विदेशमन्त्री बोरिस जोन्सन यतीबेला अमेरिको वासिङ्टनमा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको अन्तर्राष्ट्रिय सम्झौतामा रहिरहनका लागि मनाउन जोन्सन वासिङ्टन पुगेका हुन् । बेलायतका विदेशमन्त्री जोन्सनले अहिलेको संवेदनशील अबस्थामा इरानसँगको परमाणु सम्झौताबाट अलग्गिदा गल्ती हुने भन्दै नअलग्गिन ट्रम्पलाई आग्रह गरेका छन् ।
उनले अमेरिका परमाणु सम्झौताबाट अलग्गिए यसको फाइदा इरानलाई मात्रै हुने चेतावनी समेत दिएका छन् ।
यता इरानका राष्ट्रपति हसन रुहानीले पनि सम्झौताबाट अमेरिका पछि हटे उसले ऐतिहासिक पश्चाताप बेहोर्नु पर्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघले पनि सम्झौताबाट नअलग्गिन ट्रम्पलाई चेतावनी दिएको छ ।
सन् २०१५ मा इरान, अमेरिका, चीन, रुस, जर्मनी, फ्रान्स र बेलायतबीच परमाणु सम्झौता भएको थियो । सम्झौतामा इरानले आफ्नो परमाणु कार्यक्रमलाई सिमित पार्ने र यसको बदलामा तेहेरान विरुद्धको नाकाबन्दी खुकुलो पारिने उल्लेख थियो ।
तर यो खराब सम्झौता भन्दै ट्रम्पले सम्झौताबाट हात झिक्ने औपचारिक घोषणा केही दिनमै गर्दै छन् । य्रद्यपी इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्धेश्यका लागि भएको बताउदै आएको छ । ९एजेन्सी०