सरकारको निति विरुद्ध गए प्रचलित कानुनबमोजिम कारबाही भोग्न तयार छौंः यातायात व्यवसायी
यातायात व्यवसायीले सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयलाई समर्थन गर्दै आन्दोलन फिर्ता लिने भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार राति भएको बैठकमा व्यवसायीले आन्दोलन फिर्ता लिने प्रतिबद्धता व्यक्त गरेका हुन् । व्यवसायीले सरकारले ल्याएको नियममा उल्लेखित व्यवस्था अनुसार अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
व्यवसायीले आफुहरु सरकारको निति विरुद्ध गए आफ्ना नाममा दर्ता भएका सवारीसाधनको रुट इजाजतपत्र खारेज गर्न तथा प्रचलित कानुनबमोजिम जस्तोसुकै कारबाही भोग्न तयार रहेको भनी कागज गरेका छन् ।
यातायात व्यवसायी महासंघका पदाधिकारीहरूले नेपाल सरकारले यातायात क्षेत्रमा सिन्डिकेट तोड्न चालेको कदमप्रति पूर्ण समर्थन र विश्वास रहेको समेत उल्लेख गरका छन् ।
बैठकका निर्णयहरू आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताइएको छ ।