रुख ढलेर किच्दा चितवनमा २ जनाको मृत्यु

छहारी संवाददाता
बैशाख २४, २०७५

आइतबार साँझ चलेको तीव्र हावाहुरीका कारण रुख ढलेर किच्दा चितवनमा २ जनाको मृत्यु भएको छ । २ जना घाईते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–७ चिसोपानीका ४० वर्षका कर्णबहादुर गुृरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रुखले किचेर शिव गुरुङ र शिव थापा मगर घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै हावाहुरीकै कारण भरतपुर–१, रामनगरस्थित सतनचुली सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ । घाँस दाउरा गर्न हिडेकी स्थानीय ४१ वर्षकी सितली श्रेष्ठको रुखले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण चितवनका विभिन्न स्थानमा ठूलो क्षति समेत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*