महिनावारी स्वच्छता दिवस सरकारी स्तरबाटै मनाइने

छहारी संवाददाता
बैशाख २३, २०७५

यस वर्षदेखि सरकारी स्तरबाटै महिनावारी स्वच्छता दिवस मनाइने भएको छ ।

खानेपानी मन्त्री बीना मगरले हरेक वर्ष मे २८ का दिन मनाइने अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस यस वर्षदेखि सरकारी स्तरबाटै मनाइने बताएकी हुन् ।

सरकारी स्तरबाट दिवस मनाउँदा जनचेतना फैलाउन सहयोग पुग्ने मन्त्री मगरको ठम्याइ छ ।

महिनावारी स्वच्छताको विषय चेतना र संस्कारसँग जोडिएको भन्दै मन्त्री मगरले यसमा सरकारको प्रत्यक्ष संलग्नता हुनुपर्ने बताइन् । मन्त्री मगरले महिनावारीको विषय समाजमा अझै खुलेर भन्न सक्ने अवस्था नरहेको बताइन् ।

खानेपानी तथा सररफाई परिषद नेपालका संयोजक गुणराज श्रेष्ठले दिवस मनाउन खानेपानी मन्त्रालयसँगै स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका र गृह मन्त्रालयलाई समेत संलग्न गराइने बताए ।
अन्तर्राष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन शुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*