पत्रकार महासंघ प्रदेश नं ३ मा विष्ट विजयी, गृह जिल्ला मकवानपुर सहित सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोटमा भने अधिकारीले बाजी मारे

छहारी संवाददाता
बैशाख २३, २०७५

नेपाल पत्रकार महासंघ प्रदेश नं ३ मा प्रताप विष्ट विजयी भएका छन् ।
प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका साझा उम्मेदवार विष्टले स्वतन्त्र उमेद्वार गिरिजा अधिकारीलाई पराजित गरेका हुन् । प्रदेश नंबर ३ को १० जिल्लामा भएको निर्वाचनमा विष्टले ४ सय ९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी अधिकारीले ३ सय ११ मत प्राप्त गरे ।
यद्यपी आफनै गृह जिल्ला मकवानपुर सहित सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोटमा भने विष्ट पराजित भएका छन् ।
मकवानपुरमा भएको निर्वाचनमा खसेको १ सय ४ मत मध्ये अधिकारीले ५५ मत प्राप्त गर्दा विष्टले ४८ मतमा चित्त बुझाउनु पर्यो ।
यस्तै सिन्धुपाल्चोकमा भएको निर्वाचनमा अधिकारीले ४४ मत प्राप्त गर्दा विष्टले ३६ मत प्राप्त गरे भने सिन्धुलीमा अधिकारीले २२ र विष्टले १८ तथा नुवाकोटमा नुवाकोटमा अधिकारीले ३३ र विष्टले २९ मत प्राप्त गरे ।
अन्य जिल्लाहरुमा भने विष्टले अग्रता लिए र विजयी भए । चितवनमा उनले १०२ मत प्राप्त गरे भने अधिकारीले ५२ मत प्राप्त गरे ।
दोलखा विष्टले ४५ र अधिकारीले १९, रसुवा विष्टले १८ र अधिकारीले २,  काभ्रेमा विष्टले ८९ र अधिकारीले ४२ मत प्राप्त गरे भने धादिङमा विष्टले ७६ र अधिकारीले ३६ मत प्राप्त गरे । त्यस्तै रामेछापमा विष्टले ३० र अधिकारीले ९ मत प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*