राष्ट्रव्यापी शारीरिक सुगठन भदौमा

छहारी संवाददाता
चैत्र ३०, २०७४

दोश्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप भदौ १ र २ गते काठमाडौंमा हुने भएको छ ।

नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेसको आयोजनामा हुने कुल ८ लाख १० हजार नगद पुरस्कार राशीको प्रतियोगितामा विभिन्न ३ विधामा प्रतिस्पर्धा हुने संघका महासचिव अजय वज्राचार्यले जनाएका छन् ।

पुरुष शारीरिक सुगठन, खुला पुरुष फिजिक र खुला महिला फिट्नेसमा प्रतिस्पर्धा हुनेछ ।

शारीरिक सुगठनतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् ।

शारीरिक सुगठनतर्फ अभरअल विजेतालाई ३ लाख नगदबाट पुरस्कृत गरिने छ ।
पुरुष फिजिकमा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

महिला फिट्नेसमा शीर्ष तीन स्थान हात पार्नेले पनि पुरुष फिजिककै सरह नगद पुरस्कार हात पार्ने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३० लाख रुपैयाँ खर्च हुनेछ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*