आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने राखेपको निर्णय

छहारी संवाददाता
चैत्र ३०, २०७४

आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ ।

बुधबार सातदोबाटोमा बसेको १०९ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा० को अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि आठौं राष्ट्रिय खेलकुद मंसिरमा गर्ने निर्णय भएपनि मिति भने तोकिएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*