भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना, २३ बालबालिका सहित २७ जनाको मृत्यु
भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाले ज्यान गुमाएका छन् ।
घाइते भएका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ज्यान जानेमा अधिकांश बालबालिका रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना भएको हो । ज्यान गुमाउनेमा २३ जना बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका पुष्टि भएको छ ।
स्कुल बिदा भएपछि ६० जना विद्यार्थीलाई घर छोड्न गएको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।