आईपीएल क्रिकेटमा आज २ खेल हुँदै, पहिलो खेलमा पञ्जाव र दिल्ली भिड्ने
हिजोबाट सुरु भएको आईपीएल क्रिकेटमा आज २ खेल हुँदै छन् । अपरान्ह सवा ४ बजे पहिलो खेल हुनेछ ।
पहिलो खेलमा किङ्स इलेभेन पञ्जाव र दिल्ली डेयरडेभिल्स भिड्नेछन् । यस्तै दोस्रो खेल राती सवा ८ बजे हुनेछ । जसमा कोलकता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।
यसैबीच प्रतियोगिताको गएराती भएको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । दुई बर्षको प्रतिबन्ध पछि सहभागि भएको चेन्नाईले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सलाई १ बिकेटले पराजित गरेको हो ।
१ सय ६६ रनको लक्ष्य पच्छाएको चेन्नाईले १ विकेट बाँकि छँदै लक्ष्य भेट्टाएको थियो । टस हारेर पहिलो व्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनायो ।